ट्विटरको विकल्प मानिएको 'मास्टोडन' प्रयोगकर्ता १० लाख नाघे
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — झट्ट हेर्दा कुनै भिडियो गेम जस्तो देखिने माइक्रो ब्लगिङ प्लेटफर्म 'मास्टोडन' ट्विटरको विकल्पको रुपमा प्रयोगकर्ताहरूको छनोटमा पर्न थालेको छ । इलन मस्कले ट्विटर किनेपछि मास्टोडनलाई विकल्पको रुपमा हेरिँदै आएको थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![ट्विटरको विकल्प मानिएको 'मास्टोडन' प्रयोगकर्ता १० लाख नाघे](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/mastodon-13112022044509-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
अक्टोबर २७ मा मस्कले ट्विटर किनेयता ५ लाख प्रयोगकर्ता थपिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ट्विटर जस्तै काम गर्ने भए पनि यसले गर्ने काम र सञ्चालनको विषयमा निकै अन्तर रहेको छ । यो ओपनसोर्स प्लेटफर्म हो । माइक्रो ब्लगिङ साइट एउटै पोस्टमा ११ हजार क्यारेक्टरसम्म प्रयोग गर्नसक्ने बनाइएको छ । जसलाई 'टूट' भनिन्छ ।
ट्विटर छाड्ने वा नयाँ विषयमा प्रयोग गर्न चाहानेहरुका लागि यो विकल्प मानिएको छ । यसलाई २०१६ मा जर्मनीका इगेन रोच्केले विकास गरेका हुन् । यो ट्विटर, फेसबुक वा इन्स्टाजस्तो एउटै कम्पनीको अधिनमा भने हुँदैन । जसले आफूलाई 'स्वतन्त्र, ओपन सोर्स विकेन्द्रित सामाजिक सञ्जाल' भएको जनाएको छ ।
यसको सर्भर र नियन्त्रण विकेन्द्रिकृत हुन्छ । यसको अर्थ कुनै पनि व्यक्ति वा संस्थाले सर्भर स्थापना गर्न सक्छ र युजरलाई प्रयोग गर्न दिनसक्छ । यस्तो सर्भरहरूको भौगोलिक क्षेत्र वा इच्छाएको विषय हुनसक्छ । तर एउटा विषय वा क्षेत्रमा रहेका प्रयोगकर्ताले अर्को सर्भरमा प्रयोगकर्तासँग पनि सम्पर्क गर्नसक्छन् ।
मास्टोडन दस हजार वर्षपहिले पृथ्वीबाट उन्मुलन भएको जनावर हो । स्नतधारी यो प्राणी हात्ती जस्तै रहेको ठानिन्छ ।
मस्कको नीतिले ट्विटरका प्रयोगकर्ता अन्य सञ्जालमा सर्ने सम्भावना
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)