कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खेलकुद संघहरूलाई मन्त्रीको चेतावनी : तत्काल वार्षिक क्यालेण्डर नबनाए अप्रिय निर्णय लिनुपर्छ

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद संघहरूलाई तत्काल क्यालेन्डर बनाएर काम गर्न निर्देशन दिएका छन् ।

खेलकुद संघहरूलाई मन्त्रीको चेतावनी : तत्काल वार्षिक क्यालेण्डर नबनाए अप्रिय निर्णय लिनुपर्छ

मंगलबार काठमाडौंमा विभिन्न सेखलकुद संघहरूको वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममा मन्त्री श्रेष्ठले वार्षिक क्यालेन्डर सार्वजनिक नगर्ने संघहरूलाई तत्काल क्यालेन्ड बनाएर सार्वजनिक गर्न र क्यालेन्डर नबनाए अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी दिएका हुन् ।

खेलकुद संघहरूले खेलहरू नै नगर्ने हो भने जनाइमा साँचो झुन्ड्याएझैँ झुन्डिइरहन आवश्यक नरहेको पनि मन्त्री श्रेष्ठको भनाइ थियो । उनले खेलकुदलाई कुनै संघले बन्धक बनाएर राख्न नहुने बताए ।

‘यो संघहरूको पनि २७ हुँदै ४१ को संख्यामा आयो भन्ने छ । जुन संघहरूले आफ्नो कार्यक्रम दिँदैन त्योप्रति हाम्रो गम्भीर ध्यानाकर्षण छ । त्यो संघले कार्यक्रम नगर्ने हो भने म अहिले नै सतर्क गर्न चाहन्छु, अप्रिय निर्णय लिनुपर्ने हुन्छ । ऐनले भनेका कुरा र संघ मात्र ओगटेर कार्यक्रम नै नगर्ने संघ चाहिएन । भार किन बनेर बस्ने ?,' मन्त्री श्रेष्ठले भने, 'जतिसक्दो छिटो खेलकुद परिषद्मा बाँकी संघहरूले पनि केही प्राविधिक त्रुटि भएका छन् भने खेलकुद परिषद् सहजीकरण गर्न चाहन्छ । प्राविधिक समस्या पनि नभएको र जनाइको साँचो भिरेको जस्तो गरेर खेलकुदलाई कुनै संघ कसैले पनि बन्धक बनाएर राख्न पाइँदैन । संघहरूले क्यालेन्ड ननिकालेको भए यथाशीघ्र बनाउनुस् । सार्वजनिक स्थानमा खेल हेर्दा सबै साथीहरू जिम्मेवार भएर हेरिदिनुस् ।’

प्रकाशित : जेष्ठ २२, २०८१ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×