कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

राष्ट्रिय यू–१३ फुटबलमा छनोट भएका एन्जल राई सम्मानित

डम्बरसिं राई

खोटाङ — राष्ट्रिय यू–१३ पुरुष फुटबलमा छनोट भएका एन्जल राईलाई जिल्ला फुटबल संघ खोटाङले सम्मान गरेको छ ।

राष्ट्रिय यू–१३ फुटबलमा छनोट भएका एन्जल राई सम्मानित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशका ९० खेलाडीमध्ये छनोट भएका राईलाई बुधबार सम्मान गरेको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भई दिक्तेल बस्दै आएका राईलाई सम्मान गरिएको जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले बताए । उनका अनुसार एन्जल धरानमा बसेर प्रशिक्षण लिने छन् ।

जिल्ला फुटबल संघ खोटाङ र खोटाङ फुटबल एकेडेमीले सञ्चालन गरेको ‘ग्रासरुट कार्यक्रम’ अन्तर्गत विगत तीन वर्षदेखि एन्जल प्रशिक्षणमा थिए । राईका अनुसार उनी नै जिल्लाको पहिलो राष्ट्रिय टिममा छनोटमा परेको खेलाडी हुन् ।


प्रकाशित : जेष्ठ ९, २०८१ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?