कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

सातौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप हुने

काठमाडौँ — नेपाल स्केट तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा हुने सातौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप असार १४ र १५ मा हुने भएको छ। प्रतियोगिता स्केटर्स नेपाल स्केट पार्क टोखा तीनमा संचालन हुनेछ। प्रतियोगितामा ३०० पुरुष र १५० जना महिलाको सहभागिता रहेका छन्।

सातौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप हुने

पुरुष तथा महिलातर्फ विजेताले २५ हजार, दोस्रोले १५ हजार तथा तेस्रो हुनेले नगद १० हजार पाउनेछन्। प्रतियोगिता स्केटबोर्ड खेल अन्तर्गत स्ट्रीट फ्री स्टाइलमा बेस्ट रन विधा खेलाइने आयोजकले जनाएको छ। यस्तै आयोजकका अनुसार प्रथम हुनेलाई इटालीमा आयोजना हुने वर्ड च्याम्पियनसिपमा सहभागी हुन पाउने भएका छन्।

प्रकाशित : असार ७, २०८१ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×