कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

विश्वकप क्रिकेट : सेमिफाइनल अगाडि अस्ट्रेलियाको जित तयारी

एजेन्सी

पुने — मिचेल मार्सको उत्कृष्ट शतकको मद्दतले अस्ट्रेलियाले विश्वकप-२०२३ मा शनिबार बंगलादेशलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलको तयारी गरेको छ ।

विश्वकप क्रिकेट : सेमिफाइनल अगाडि अस्ट्रेलियाको जित तयारी

लिग चरणको आफ्नो अन्तिम खेलपछि अस्ट्रेलियाको नौ खेलबाट १४ अंक भएको छ र तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको पनि समान १४ अंक छ र दोस्रोमा छ ।

अब उनीहरूबीच नै प्रतियोगिताको अन्तिम चारको खेल हुनेछ ।

महाराष्ट्र क्रिकेट स्टेडियममा भएको खेलमा बंगलादेशले पहिले ब्याटिङ गर्दै आठ विकेटमा ३ सय ६ रन बनाएको थियो । त्यसमा तोविड हृदोयले सर्वाधिक ७४ रन बनाए । यस्तै कप्तान नजमुल हुसेनले ४५ रन बनाए । अस्ट्रेलियाली बलरमध्ये सिन एबोट र एडम जाम्पाले दुई/दुई विकेट लिए ।

जवाफमा अस्ट्रेलियाले ‘प्लेयर अफ द म्याच’ मार्सको १ सय ७७ रनको मद्दतले ४४.४ ओभरमा दुई विकेट गुमाएर ३ सय ७ रन बनायो । मार्सले १ सय ३२ को इनिङ्समा १७ चौका र नौ छक्का प्रहार गरे तथा नटआउट रहे । अर्का नटआउट ब्याटर स्टिभ स्मिथले ६३ र डेविड वार्नरले ५३ रन बनाए ।

प्रकाशित : कार्तिक २५, २०८० १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?