एसीसी प्रिमियर कप

नेपाल र युएईबीचको रोकिएको खेल सुरू

काठमाडौँ — सोमबार वर्षाका कारण रोकिएको नेपाल र युएईबीचको खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज बिहान ९ बजेदेखि सुरू भएको छ ।

नेपाल र युएईबीचको रोकिएको खेल सुरू

सोमबारको खेलमा ललित राजवंशीले लगातार बलमा आसिफ खान र जाहुर खानलाई आउट गरेका थिए । त्यसपछि वर्षाले खेल पूरै प्रभावित हुन पुगेको थियो  । मंगलबारको खेलमा ललित ह्याट्रिक विकेटमा रहेका छन् । नेपाली टोलीको नजर भने उपाधितर्फ हुनेछ । फाइनलका लागि मंगलबार वैकल्पिक दिन राखिएको हो ।नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा सोमबार भारी वर्षा सुरु भएको थियो ।

यूएईले यहीँबाट मंगलबार खेल सुरु गरेको छ । यूएईसँगको खेल नेपालले पूर्ण नियन्त्रणमा लिएको छ । यो अवस्थाबाट नेपाल विजयको असली हकदार छ । यूएईमाथि विजय हात पारे नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने भनिएको एसिया कपमा छनोट हुनेछ । भारतले पाकिस्तान गएर खेल्न नमानिरहेको समयमा एसिया कप आयोजनालाई लिएर धेरै अन्योलता छाएको छ । तर, नेपाली टोली यो अन्योलतामा अडिने छैन र जतिसक्दो यूएईलाई अलआउट गरेर विजयतर्फ अगाडि बढ्ने निश्चित छ ।

अहिलेसम्म एसिया कपमा पुग्न नसकेको पृष्ठभूमि र एसिया कपमा भारत, पाकिस्तानको समूहमा रहेर खेल्न पाउने तालिकाको हिसाबमा नेपाली क्रिकेटको यो सबैभन्दा ठूलोमध्येको एक दिन बन्नेछ ।

प्रकाशित : वैशाख १९, २०८० ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?