कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस वर्ष मात्रै मेसीले गरे ५० औं गोल

एएफपी

बार्सिलोना — लियोनल मेसीले सन् २०१९ को आफ्नो व्यक्तिगत ५० औं गोल गर्दै स्पेनी ला लिगामा बार्सिलोनालाई एलाभेसमाथि शनिबार राति ४–१ को जित दिलाएका छन् । यस नतिजासँग बार्सिलोनाले घरमा पूरा वर्ष अपराजित यात्रा पूरा गरेको छ ।

यस वर्ष मात्रै मेसीले गरे ५० औं गोल

एलाभेसमाथिको जितमा लुइस स्वारेजले एक गोल गरे भने अन्य तीन गोलमा सहयोगीको भूमिका निभाए । बार्सिलोनका लागि एन्टोन ग्रिजमन र आरटुरो भिडालले पनि गोल गरे ।


बार्सिलोनाले सन् २०१९ मा आफ्नो घरेलु मैदान नू क्याम्पमा २४ खेल जितेको छ भने चार खेलमा बराबरी खेलेको छ । सन् २०११ यता यो पहिलो पल्ट बार्सिलोना घरमा अपराजित रहेको हो ।


लिग तालिकामा बार्सिलोना ३९ अंकका साथ शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल म्याड्रिड ३६ अंकमा दोस्रोमा छ ।

प्रकाशित : पुस ६, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?