कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटीले हरायो लेस्टरलाई

एएफपी

म्यानचेस्टर — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टरललाई शनिबार राति ३–१ ले हराएको छ । लिग तालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलपछि दोस्रो र तेस्रोमा रहेका टिमबीच यो महत्त्वपूर्ण खेल भएको हो ।

सिटीले हरायो लेस्टरलाई

सिटीका लागि रियाज मेहरेज, ग्याब्रिएल जिसस र गुनडोगनले गोल गरे । लेस्टरले जेमी भार्डिको गोलले अग्रता लिएको थियो । यो खेलपछि लेस्टर १० अंकको दूरीमा दोस्रो स्थानमा रह्यो भने त्यसको थप एक अंक पछाडि सिटी छ ।


शनिबार रातिका अन्य खेलमा उल्भ्सले नरविचलाई २–१, न्युकासलले क्रिस्टल प्यालेसलाई १–०, सेफिल्डले ब्राइटनलाई १–०, साउथह्याम्पटनले एस्टन भिल्लालाई ३–१ र बर्नलीले बर्नमाउथलाई १–० ले हरायो ।


प्रकाशित : पुस ६, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?