कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानसेनापति कप फुटबल सुरु

काठमाडौँ — रश्मीकुमारी घिसिङ र शर्मिला थापामगरले ह्याट्रिक गरेपछि त्रिभुवन आर्मी क्लबले सातौं प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिताको पहिलो दिन आइतबारको खेलमा ठूलो विजय हात पारेको छ । 

प्रधानसेनापति कप फुटबल सुरु

आर्मीले शनिबार भद्रकालीस्थित जंगी अड्डा मैदानमा प्रदेश नम्बर एकलाई सजिलै ९–० ले पराजित गर्‍यो । पहिलो हाफमै ५–० को अग्रता बनाएको आर्मीबाट रश्मी र शर्मिलाले ३–३ बाहेक विमला चौधरीले २ र सपना लामाले १ गोल गरिन् ।


रश्मीले दोस्रो मिनेटमै गोल गरेपछि आर्मीले खेलभरि वर्चस्व जमाएको थियो । शर्मिला प्लेयर अफ द म्याचमा चुनिइन् । शर्मिलाले ५८ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । रश्मीले खेल समाप्त हुन सात मिनेट अगाडि आफ्नो तेस्रो गोल गरिन् ।


उपाधि दाबेदार आर्मीका लागि सपनाले ४२ औं मिनेटमा गोल गरेकी थिइन् । ४५ औं मिनेटमा आफ्नो पहिलो गोल गरेकी विमलाले ७४ औं मिनेटमा दोस्रो गोल थपेकी थिइन् ।


आर्मी र प्रदेश १ सम्मिलित समूह ‘ए’ मा नेपाल एपीएफ क्लब र सिक्किम छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, प्रदेश २, प्रदेश ५ र भुटान छन् ।


दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रकाशित : मंसिर ३०, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?