कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोना बराबरीमा रोकियो

(एजेन्सी)

म्याड्रिड — स्पेनी ला लिगामा बार्सिलोना शनिबार राति बराबरीमा रोकिको छ । रियल सोसिडाडले बार्सिलोनासँग २–२ को बराबरी खेलेको हो । बार्सिलोना २–१ ले अगाडि रहेको स्थितिमा सोडिडाडका लागि एलेक्जान्डर इसाकले गोल गरे ।

बार्सिलोना बराबरीमा रोकियो

यो नतिजापछि बार्सिलोना ३५ अंकमा शीर्ष स्थानमा उक्लेको छ, तर त्यसमा पकड भने गुमाएको छ । अब रियल म्याड्रिडले आइतबार रातिको खेलमा जित निकालेर बार्सिलोनालाई उछिन्न सक्ने छ ।


बार्सिलोनाको ३५ अंक भएको छ भने रियल एक अंकको दूरीमा छ । एटलेटिको म्याड्रिडले अर्को खेलमा ओसासुनालाई २–० ले हरायो र २९ अंकमा चौथो स्थानमा रह्यो ।



प्रकाशित : मंसिर २९, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?