कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फाती बने च्याम्पियन्स लिगमा गोल गर्ने कान्छो खेलाडी

एजेन्सी

मिलान — किशोर खेलाडी अन्सु फाती युरोपेली च्याम्पियन्स लिग इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । त्यसै गोलको मदतले मंगलबार राति बार्सिलोनाले इन्टर मिलानलाई २–१ ले हरायो । गोल गर्दा उनको उमेर १७ वर्ष ४० दिन छ । उनी स्पेनका खेलाडी हुन् । 

फाती बने च्याम्पियन्स लिगमा गोल गर्ने कान्छो खेलाडी

खेलको ८५ औं मिनेटमा १७ वर्षीय फाती सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरे र लुइस स्वारेजको पासमा गोल गरे । खेलपछि उनले भने, ‘यो गोलका लागि म निकै खुसी छु । मेरो गोलले इन्टरका समर्थक भने स्तब्ध रहे ।’


उनकै गोलका कारण इन्टर पराजित रह्यो र नकटआउट चरणमा प्रवेश गर्न असफल रह्यो । फातीले भनेका छन्, ‘च्याम्पियन्स लिगमा गोल गर्ने सबैको सपना हुन्छ । मैले यही पूरा गर्न सकेको छु ।’ उनी क्लब बार्सिलोनाका लागि पनि सबभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।


गुएनामा जन्मिएका फातीको परिवार नै फुटबलमा छ भन्दा हुन्छ । उनका बुबा पनि पूर्व फुटबलर हुन् । उनका दुई दाइ पनि फुटबल खेलाडी हुन् । एकजना दाइ क्लब सेभियाका लागि खेल्थे । फाती जुलाइ २०१९ देखि क्लब बार्सिलोनामा आवद्द भएका हुन् । २५ अगस्टमा रियल बेटिससँगको बार्साका लागि पहिलो खेल खेल्दा उनी यो क्लबका लागि खेल्ने दोस्रो कान्छो खेलाडी बनेका थिए ।

प्रकाशित : मंसिर २५, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?