कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुल बन्यो समूह विजेता

(एजेन्सी)

पेरिस — युरोपेली च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुलले मंगलबार राति साल्सबर्गलाई २–० ले हरायो र समूह ई विजेता बन्यो । यसै समूहको अर्को खेलमा नेपोलीले गेन्कलाई ४–० ले पराजित गर्न सफल रह्यो ।

लिभरपुल बन्यो समूह विजेता

समूह एच बाट भने अर्को इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले नकआउट चरणको यात्रा तय गरेको छ । यसका लागि उसले लिलेलाई २–१ ले हरायो । भ्यालेन्सियाले आयाक्सलाई १–० ले हराएर समूह विजेता बन्यो ।


दिनका अन्य खेलमा समूह ई मा बार्सिलोनाले इन्टर मिलानलाई २–१ र बोर्सिया डर्टमन्डले स्लाभिया प्रागलाई २–१ ले नै हरायो । यस्तै समूह जी मा बेनफिकाले जेनिथ सेन्ट पिटसबर्गलाई ३–० ले हरायो भने लियोन र लेपजिपले २–२ को बराबरी खेले ।


प्रकाशित : मंसिर २५, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?