युनाइटेडको डर्बी जित

(एएफपी)

लन्डन — म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि होडमा शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १४ अंकले पछाडि परेको छ । 

शनिबार रातिको डर्बी खेलमा म्यानचेस्टर युनाइटेडले सिटीलाई उसकै घरमा २–१ ले हरायो । युनाइटेडको जितमा मार्कस रसफोर्ड र एन्थोनी मार्टिएलले गोल गरे । खेलको अन्त्यतिर निकोलस ओटमेन्डीले एक गोल फर्काए । युनाइटेड आफै पनि सिटी भन्दा थप आठ अंकले पछाडि छ ।


यसअघि लिभरपुलले बर्नमाउथलाई ३–० ले हराएको थियो ।

प्रकाशित : मंसिर २२, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

मेसीको कीर्तिमानी ह्याट्रिक

(एएफपी)

म्याड्रिड — लियोनल मेसीको कीर्तिमानी ह्याट्रिकको मद्दतले बार्सिलोनाले शनिबार राति स्पेनी ला लिगामा रियल मार्लोकालाई ५–२ ले हरायो र उपाधि होडमा कायम रह्यो ।

सप्ताहन्त मात्र कीर्तिमान छैटौं बेलन डे अर जितेका अर्जेन्टिनी खेलाडीको यो ३५ औं तीन गोलको उपलब्धि हो र यसक्रममा उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ३४ औं ला लिगा ह्याट्रिकलाई उछिनेका छन् ।

लिग तालिकामा बार्सिलोना र रियल म्याड्रिड दुवै १५ खेलबाट समान ३४ अंकमा छन् ।

रियलले यसअघि इस्पनयोललाई २–० ले हराएको थियो ।

प्रकाशित : मंसिर २२, २०७६ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×