कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अकी यू–१४ विजेता

कान्तिपुर संवाददाता

काठमाडौँ — डीएभीका अकी जुवेन राउत १२ औं अन्तरस्कुल जुनियर खुला टेनिसको यू–१४ ब्वाइज सिंगल्समा विजेता भएका छन् । बिहीबार फाइनलमा अकीले प्रहरी स्कुलका चिराग तिम्सिनालाई ६–७ (६–८), ७–६ (७–६), ७–५ (१२–१०) ले हराए ।

गर्ल्समा काष्ठमण्डपकी अजा रेग्मीले सेन्ट जेभियर्सकी ईशाश्री शाहलाई ३–६, ७–५, १२–१० र एलएकी शुभाङगीलक्ष्मी शाहले इलिम एकेडेमीकी सिरिस्टा राईलाई ६–४, ४–६, १०–५ को सेटमा हराएर फाइनल सुरक्षित गरे । यू–१२ ब्वाइज सिंगल्समा काष्ठमण्डपका प्रणव मानन्धर, गण्डकी बोर्डिङका दर्शिल श्रेष्ठ, प्रहरीका शिलोक केशर खड्का र एलएका सक्षमविक्रम शाह सेमिफाइनलमा पुगे । यू–१० गर्ल्स सिंगल्समा युनिभर्सलकी समृद्धि महर्जन, कान्जिरोबाकी लसा प्रजापति, नाला मास्के र ब्रिटिस स्कुलकी शैवी ढकाल सेमिफाइनलमा पुगे । यू–१२ मा सेन्ट मेरिजकी इभा अधिकारी सेमिफाइनल पुगिन् ।


प्रकाशित : कार्तिक २९, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?