कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्नपूर्णमा सर्किटमा ‘याक अट्याक २०१९’

शब्द/तस्बिर : आश गुरुङ

(लमजुङ) — विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा सोमबारदेखि अन्तराष्ट्रियस्तरको साइकल दौड प्रतियोगिता ‘याक अट्याक २०१९’ सुरु भएको छ । प्रतियोगिताको १३ औं संस्करणको पहिलो दिन उनीहरुले बेंसीसहरदेखि घलेगाउँ जाने बाटो पुमागाउँ, बाग्लुङपानी, नजरेबाट चण्डिस्थान मकैडाँडा हुँदै बेंसीसहरसम्मको ३० किलोमिटरमा साइकल कुदाए । दोस्रो दिन प्रतियोगी हिमाली जिल्ला मनाङतर्फ लाग्नेछन् । उनीहरुले ७ दिन साइकल कुदाउनेछन् । 

अन्नपूर्णमा सर्किटमा ‘याक अट्याक २०१९’

प्रतियोगितामा नेपालसहित बेलायत, फ्रान्स, इटाली, जर्मन, अमेरिका लगायत १२ देशका २५ जना अन्तराष्ट्रिय साइकल रेसरले भाग लिएका छन् । यसमा नेपाली ५ जना छन् । २ जना विदेशी महिला छन् ।

दोस्रो दिन चामे, तेस्रो दिन मनाङ, चौथो दिन मनाङ गाउँमा विश्राम हुने याक अट्याक कार्यक्रमका प्रवन्धक अजय पण्डित क्षेत्रीले बताए । उनका अनुसार छैटौं दिन पाचौं दिन थोराङ फेदी, छैठौं दिन पदमार्गमा विश्वकै अग्लो भञ्ज्याङ मानिएको थोराङला (५, ४१६ मि) पास गरेर कागवेनी, सातौं दिन कागवेनी वरपर, आठौं दिन कालोपानी पुगेर प्रतियोगिता सकिनेछ । प्रतियोगिता अवधिभर साइकल रेसरले २ सय २० किलोमिटर पार गर्ने उनले उनले बताए ।


प्रतियोगीताको सफलताको कामना गर्दै बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले साइकल पर्यटनलाई विश्वले चिनेको दाबी गरे । आयोजक बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्ड वाइडका निर्देशक फिल इभान्सले प्रतियोगितामा ५ हजार अमेरिकी डलरको पुरस्कार राखिएको बताए ।


प्रकाशित : कार्तिक २७, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?