शब्द/तस्बिर : आश गुरुङ

शब्द/तस्बिर : आश गुरुङका लेखहरु :

अन्नपूर्ण पदमार्गमा साहसिक साइकल दौड [तस्बिरहरु]

चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रियस्तरको साइकल दौड प्रतियोगिता ‘याक अट्याक-२०२३’ आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताअन्तर्गत १५ औं संस्करणको याक अट्याक अन्तर्राष्ट्रिय क्रस कन्ट्री बहुदिवसीय साइकल प्रतियोगिता लमजुङ सदरमुकाम बेंसीसहरबाट सुरु भएको हो ।

नदीबाट यसरी गरिन्छ उद्धार [तस्बिरहरू]

सिमसिमे पानी परिरहेको थियो । कुहिरो लागिरहेको बेला बेंसीसहर नगरपालिका २, गैरीमुनि भीरमा एक महिला घाँस काट्ने क्रममा मर्स्याङदी नदीमा खसिन् ।

संसार हेर्ने धोको [फोटोफिचर]

हिमाली जिल्ला मनाङमा मंगलबारदेखि २ दिने आँखा शिविर सुरु भएको छ । सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा संचालित शिविर बुधबारसम्म चल्नेछ । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका १५ जना स्वास्थ्यकर्मी शिविरमा खटिएका छन् ।

बेंसीसहरमा ‘न्हुदँया भिन्तुना’[तस्बिरहरु]

बेंसीसहर नगरपालिका ८ का कृष्णमान श्रेष्ठ एकबिहानै नेवारी पोसाकमा चिटिक्क परे । लामो समय अमेरिका बस्दै आएका उनमा आफ्नो पहिचान झल्किन्थ्यो । उनका अनुसार अमेरिकामा चाडपर्व मनाइन्थ्यो, तर कसैले चिन्दैनथ्यो । ‘आफ्नो गाउँघरमा जता पनि चिनेकै । नचिनेको ठाउँ विदेशमा भन्दा स्वदेशमा चाडबाड मनाउन पाउँदा खुसी छु’, उनले भने ।

मनाङको स्याउबारीमा राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी हिमाली जिल्ला मनाङ आएकी छन् । मनाङ ङिस्याङ गाउँपालिका-१ भ्राताङमा एग्रो मनाङ प्रालिले सञ्चालनमा ल्याएको स्याउ बगैंचा अवलोकन भ्रमणका लागि उनी सोमबार बिहान मनाङ आएकी हुन् ।