कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराट कुस्ती प्रतियोगिताको उपाधि भारतका बब्बीलाई

नारायण शर्मा

(नवलपरासी) — नवलपरासीमा भारतीय कुस्तीबाजहरुको भिडन्त भएको छ । त्रिवेणी सुस्ताको ठाडिघाटमा कात्तिक पूर्णिमाको अवसरमा मंगलबार भएको विराट कुस्ती प्रतियोगिताको उपाधि भारत हरियाणका बब्बी यादवले जितेका छन् ।

विराट कुस्ती प्रतियोगिताको उपाधि भारतका बब्बीलाई

ठाडिघाटस्थित नारायणी नदीको किनारमा भएको भव्य (विराट दंगल )कुस्ति प्रतियोगितामा बब्बीले भारत बनारसका शम्सेर सिंहलाई पछारेर विजयी भएका हुन् । शम्सेरलाई बब्बीले ७ मिनेटको समयमा २ पटक पछारेर विजयी भएका हुन् ।


तृतीय पुरस्कार २ जनाले पाएका छन् । भारत गोरखपुरका पवनहाटा पहलमान र महाराजगन्ज जिल्लाका गोल्डेन पहलमान तृतिय भए । प्रथम र द्धितियलाई क्रमशः २५ हजार नगद , टेलिभिजन र १५ हजार नगद र टेलिभिजन सेट प्रदान गरिएको छ । तृतीय स्थान हुने दुवैले नगद १० हजार र साइकल पाएका छन् ।

हरेक वर्षको कात्तिक पूर्णिमामा दिन त्रिवेणी सुस्ता गाउँपालिका-५ नारायणी नदीको किनारमा आयोजना गरिने कुस्ती प्रतियोगितामा भारतीय कुस्तिबाजहरुको भिडन्त हेर्न नेपाल भारतका हजारौ दर्शक भेला हुने गर्छन् । यस पटकको कुस्तीमा भारतका २८ पहलमानहरुले भाग लिएका थिए ।

ठाडिघाट मेला व्यवस्थापन समितिले कुस्ति आयोजना गरेको हो । भिडन्तमा उत्रेका कुस्तिवाजलाई दर्शकहरुले आफूखुशी थप नगद दिने चलन रहेको स्थानीय अंगद यादव बताउँछन् । आयोजकले अर्को वर्ष कात्तिक पूर्णिमा आयोजना गरिने कुस्ती प्रतियोगितामा प्रथम हुनेलाई १ लाख नगद दिने घोषणा गरेको छ ।


यहाँ आयोजना हुने हरेका वर्षको कुस्ती महिलाहरुले हेर्दैनन् । १० हजार दर्शक भेला हुने गरेपनि महिलाको उपस्थिती शून्य रहन्छ । कुस्ति बजरंग बली हनुमानको खेल भएको र त्यस्तो लडाइ महिलाहरुले हेर्न नहुने स्थानीयको भनाइ छ । निःशुल्क हेर्न पाइने भएपनि कोहि महिला कुस्ती हेर्न नआउने सुस्ताका रोज मियाँको भनाइ छ ।

प्रकाशित : कार्तिक २६, २०७६ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?