कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय च्यालेन्ज पहिलोपल्ट 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ब्याडमिन्टन संघको आयोजनामा अर्को साता अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन हुने भएको छ । नेपालमा अन्तर्राष्ट्रिय च्यालेन्जका प्रतियोगिता हुन लागेको यो पहिलोपल्ट हो ।

कार्तिक २७ देखि मंसिर १ सम्म हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आसन्न दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खेलाडीले चुनौती पेस गर्नेछन् ।


यसअघि नेपालमा अन्तर्राष्ट्रिय सिरिजका प्रतियोगिता मात्र भएका छन् । च्यालेन्जका प्रतियोगिता सिरिजको भन्दा माथिल्लो दर्जाको हुन्छ । ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा यो नेपालमा आयोजना भएको अहिलेसम्मकै सबैभन्दा माथिल्लो दर्जाको प्रतियोगिता रहेको र यसबाट नेपाली खेलाडीले बहुमूल्य अनुभव बटुल्न सक्ने बताए ।


२५ हजार डलर पुरस्कार राशिको प्रतियोगितामा नेपालसँगै भारत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, रुस, बंगलादेश, क्यानाडा, माल्दिझ्स, युत्रेन, भियतनाम, मंगोलिया, अस्ट्रेलिया, मलेसिया, टर्की, इन्डोनेसिया, भुटान, पाकिस्तान, इरान र इंग्ल्यान्डका खेलाडीको सहभागिता हुनेछ । पाँच स्पर्धा समावेश पुरुष एकलमा ६७, महिला एकलमा ३८, पुरुष डबल्समा २१, महिला डबल्समा १७ र मिक्स डबल्समा २२ जोडीको सहभागिता रहनेछ ।


प्रकाशित : कार्तिक २५, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?