कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसी ३६४ मा अलआउट, नेपालको ब्याटिङ

विनोद पाण्डे

काठमाडौँ — नेपालसँगको तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) तीन सय ६४ रनमा अलआउट भएको छ । अघिल्लो दिनको स्कोर ६ विकेट ३ सय ११ रनबाट खेल्न सुरु गरेको इंग्ल्सि टोली एमसीसीले ५३ रन जोडेर अलआउट भएको हो ।

एमसीसी ३६४ मा अलआउट, नेपालको ब्याटिङ

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दोस्रो दिनको खेलमा पाकिस्तानका पूर्व टेस्ट खेलाडी यासिर अराफत ६५ रनमा अविजित रहे । करण केसीले ३ विकेट लिए । बिहानको सत्रमा पहिलो दुई विकेट पनि करण केसीले लिएका थिए । उनले एलेक्स थम्सनलाई ३० रनमा विकेटकिपर राजु रिजालबाट एक हाते उत्कृष्ट क्याच गराए भने एलेक्स स्पेन्सरलाई शुन्यमा एलबीडब्लु आउट गरे ।


अघिल्लो दुई विकेट लिएका सन्दीप लामिछानेले क्रिस राइटलाई ४ रनमा एलबीडब्लु आउट गरे । ओलिभर हेनोन डल्बी १० रन बनाई करणको योर्कर बलमा बोल्ड भए । एमसीसी १ सय १ ओभर खेल्दै अलआउट भएको हो ।


नेपालले टस जितेपछि ब्याटिङमा आएको एमसीसीबाट अघिल्लो दिन बिलि रोड्स ७३, माइल्स हेमोन्ड ५२ र विल भान्डेरस्पार ५३ रन बनाई आउट भएका थिए । एमसीसीसँग खेल्दै नेपालले आधिकारिक तीनदिवसीय खेलमा पुनरागमन गरेको हो ।


प्रकाशित : कार्तिक २१, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?