कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जेनिश र सुष्मा उत्कृष्ट बक्सर

कान्तिपुर संवाददाता

काठमाडौँ — पुरुषमा पोखराका जेनिश गुरुङ र महिलामा नक्सालकी सुष्मा तामाङ प्रथम यू–१९ राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर भएका छन् ।

बुधबार सम्पन्न प्रतियोगिताको पुरुषतर्फ ४९ केजीमा रबन ओलीले दाङका सुरज ओली, ५२ केजीमा कास्कीका सुरज गुरुङले दाङका रोहन मलिक, ५६ केजीमा पोखराका जेनिश गुरुङले पाल्पाका ज्ञानेन्द्र कमामु, ६० केजीमा दाङका अनिलकुमार पुन मगरले बाँकेका इन्द्रबहादुर सुनुवार, ६४ केजीमा कैलालीका सम्राट चौधरीले झापाका तोविन प्रधान, ६९ केजीमा कास्कीका निरज थापाले बक्समान्डुका मनीष भुजेल र ७५ केजीमा मकवानपुरका निश्चल विष्टले नक्सालका सम्पन्न तण्डुकारलाई पराजित गरी स्वर्ण जिते ।


ललितपुर जिल्ला बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४६–४८ केजीमा नक्सालकी सुष्माले बीएफसीकी रमिशा श्रेष्ठ, ४८–५२ केजीमा झापाकी नरिका राईले दमककी अनिशा कुमाल, ५१–५४ केजीमा एपीएफकी सन्जुमाया थिङले बीएफसीकी सुमिना खड्का, ५४–५७ केजीमा झापाकी सुस्मिता राईले नक्सालकी मुस्कान डंगोल, ५७–६० केजीमा बक्समान्डुकी डेकेन शेर्पाले पोखराकी अस्मिता बस्नेत तथा ६०–६४ केजीमा झापाकी तृष्णा जबेगुले बक्समान्डुकी हेमा राईलाई हराउँदै स्वर्ण जिते ।


लगनखेलस्थित आर्मी तालिम केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा पोखरा र महिलामा झापा टिम च्याम्पियन भए ।

प्रकाशित : कार्तिक २१, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?