कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युभेन्ट्स शीर्ष स्थानमा कायम

(एएफपी)

मिलान — म्याथिज डे लिग्टले गरेको निर्णायक गोलमा युभेन्ट्सले शनिबार राति इटालीको सिरी ए मा छिमेकी टुरिनोलाई १–० हरायो र शीर्ष स्थानमा कायम रह्यो । डे लिग्टले युभेन्ट्सका लागि गरेको यो पहिलो गोल हो ।

इन्टर मिलानले अर्को खेलमा बोलोग्नोलाई २–१ ले हरायो । त्यसमा दुवै गोल रोमेलो लुकाकुले गरे । लिगमा उनले गरेको गोल सख्या नौ पुगेको छ ।


लुकाकुले निर्णायक गोल ९२ औं मिनेटमा पेनाल्टीबाट गरे । टुरिनमा भएको खेलमा भने डे लिग्टले खेल सकिन २० मिनेट अगाडि गोल गरे । युभेन्ट्सलाई इन्टर मिलानमाथि एक अंकको अग्रता प्राप्त छ ।

प्रकाशित : कार्तिक १७, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?