कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनलाई वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि

फाइनलमा काठमाडौं क्याट क्विन्स पराजित
विनोद पाण्डे

काठमाडौँ — चितवन राइनोजले काठमाडौं क्याट क्विन्सलाई पराजित गरी वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको छ । राइनोजले फाइनलमा क्याट क्विन्सलाई सजिलै ४५ रनले पराजित गर्‍यो । क्याट क्विन्सले टस जितेपछि ब्याटिङको निम्तो पाएको चितवनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय १२ रन बनायो ।

चितवनलाई वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि

जवाफमा आएको क्याट क्विन्स पुरा २० ओभर खेलेर ६७ रनमा अलआउट भयो ।


नेपालको पहिलो फ्रेन्चाइज महिला क्रिकेट लिगको उपाधि जितेर राइनोजले ७ लाख पायो । उपविजेता क्याट क्विन्सले ३ लाख पायो ।


अप्सरी बेगमले १५ र ममता थापाले १३ रन बनाईन् । क्याट क्विन्सको सुरुआत राम्रो रहेन् । ओपनरद्धय शोभा आले ६ र कप्तान रुबिना क्षेत्री २ रनमा आउट भइन् । रोमा थापाले खाता खोल्न सकिनन् । संगीता राई ४, नितु भण्डारी २ रनमा आउट भइन् भने शुन्यमा आउट हुने अर्की खेलाडी थिइन् सरस्वती चौधरी ।


इश्वरी विष्ट १३ रनमा आउट भइन् । सुमन विष्ट २ रनमा अविजित रहिन् । लक्ष्मी साउद अन्तिम बलमा १ रनमा रनआउट भइन् । राइनोजकी सुमन खतिवडा र रितु कनोजियाले ३,३ विकेट लिइन् । म्यान अफ द फाइनल सुमनले ४ ओभरमा ११ रन खर्चिन । रितुले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिन । रेखा रावलले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् ।


यसअघि राइनोजबाट सुमन खतिवटाले टोलीबाट सर्वाधिक २९ रन बनायो । उनले २५ बल खेली ५ चौका प्रहार गरिन् । ओपनर काजल श्रेष्ठले २८ बलमा २ चौकासहित २१ रन बनाइन् । उनले कञ्चन श्रेष्ठसँग पहिलो विकेटमा ९ ओभर भित्र ४९ रन जोडेकी थिइन् । कञ्चनले २६ बलमा ३ चौका प्रहार गरी १९ रन बनाईन् ।


रितु कनोजिया ६ रनमा रनआउट भइन् । इन्दु बर्मा १९ बलमा ४ चौका प्रहार गरी २२ र प्यारी चौधरी ९ बलमा ३ रन बनाई अविजित रहिन् । राइनोजकी संगीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले १,१ विकेट लिइन् ।


क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडीमा क्याट क्विन्सकी रुबिना क्षेत्री भइन् । उनले नगद ५० हजार र सुजुकी स्कुटर पाइन् ।


तस्बिरहरु : केशव थापा

प्रकाशित : कार्तिक ७, २०७६ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?