कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको शृंखला जित

(एएफपी)

राँची — सहवाज नदिमले अन्तिम दुई विकेट लिएपछि भारतले तेस्रो तथा अन्तिम टेस्टमा मंगलबार दक्षिण अफ्रिकालाई इनिङ्स र २ सय २ रनले हराएको छ । यस जितसँगै भारतले तीन टेस्टको शृंखला ३–० ले जितेर ह्वाइटवास गरेको छ । दिनको खेल १२ बलमात्र सम्भव भयो ।

भारतको शृंखला जित

भारतले टेस्ट जित्ने क्रममा घरेलु मैदानमा लगातार दसौं शृंखला जितेको छ । भारतले अस्ट्रेलियाको नाममा रहेको कीर्तिमान उछिनेको छ । भारतले विश्व टेस्ट च्याम्पियनसिपको शीर्षस्थानमा आफ्नो पकड बलियो बनाएको छ । शृंखलाका तीन टेस्टमध्ये दुईमा इनिङ्स अन्तरको हार बेहोरेको दक्षिण अफ्रिकाका लागि यो टेस्टमा दशकयताकै सर्वाधिक खराब प्रदर्शन रह्यो । नदिमले सुरुमा थउनिस डी ब्रुयन (३०) लाई आउट पारे । लगत्तै लुन्गी एनगिडी शून्यमा आउट भए ।


फलोअनमा परेको दक्षिण अफ्रिका चौथो दिन आफ्नो इनिङ्समा १ सय ३३ रन बनाएर अलआउट भयो । यसअघि भारतले आफ्नो पहिलो इनिङ्समा ९ विकेट गुमाएर ४ सय ९७ रन टुंगेको घोषणा गरेको थियो । त्यसयता दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा १ सइ ६२ रनमात्र जोड्न सक्यो । सिरिजमा भारतका तीन ब्याट्सम्यानले दोहोरो शतक बनाए र घरेलु ब्याट्सम्यानले प्रभावशाली प्रदर्शन गरे । त्यसमा मयंक अग्रवालको २ सय १५, विराट कोहलीको २ सय ५४ नटआउट तथा रोहित शर्माको २ सय १२ रनको प्रदर्शन रह्यो । तर प्रशिक्षक रवि शास्त्रीले टिमको सफलतामा बलरको पनि उत्तिकै भूमिका रहेको दाबी गरे । उनले भने, ‘टिमले कुनै पनि स्थानमा खेलिरहे पनि हाम्रो उद्देश्य विपक्षी टिमको २० विकेट लिने हुनेछ । पक्कै पनि हाम्रो ब्याटिङ चलिरहेको छ, तर बलरले २० विकेट लिनैपर्छ ।’ विशाखापट्टनम र पुनेमा ठूलो अन्तरको जित निकालेपछि तेस्रो टेस्टमा मोहम्मद सामी र उमेश यादवले एक आपसमा १० विकेट लिए । रोहितले पनि आफ्नो पहिलो दोहोरो शतक पूरा गरे ।



प्रकाशित : कार्तिक ६, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?