कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्पोरेट क्रिकेटसँग माछापुच्छ्रे

कान्तिपुर संवाददाता

काठमाडौँ — एसएस इभेन्ट्सको आयोजनामा हुने कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितालाई माछापुच्छ्रे बैंकले प्रायोजन गर्ने भएको छ । एसएसले गर्न लागेको छैटौं संस्करणको प्रतियोगितामा माछापुच्छ्रे प्रायोजक बनेर आएको हो । मुख्य प्रायोजक माछापुच्छ्रेले आयोजक एसएसलाई १५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

कर्पोरेट क्रिकेटसँग माछापुच्छ्रे

एसएसका सीईओ रमन सिवाकोटी र माछापुच्छ्रेका सीईओ सुमन शर्माले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । शर्माले आफ्नो व्यक्तिगत इच्छा र सामाजिक दायित्व निभाउने उद्देश्यले खेलकुदमा पाइला अगाडि बढाएको बताए ।


माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स मंसिर २ देखि ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा २४ टिमले भाग लिने अपेक्षा राखिएको सिवाकोटीले जनाए । सहभागी टोलीले ७० हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ । त्यसमा उपाधि जित्ने टोलीलाई अर्को वर्ष नि:शुल्क सहभागी गराइने आयोजकले जनाएको छ । नेपाल क्रिकेट संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता ५–५ ओभरको हुनेछ । यसमा खेल्ने खेलाडी कर्पोरेट टोलीका कर्मचारीमात्र हुनेछन् । करिब ४० लाख रुपैयाँ रहेको प्रतियोगिताको ब्रान्ड एम्बासडर राष्ट्रिय खेलाडी सुवास खकुरेल हुन् ।

प्रकाशित : कार्तिक ६, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?