कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफविरुद्ध आर्मीको जित

कान्तिपुर संवाददाता

(चितवन) — साविक विजेता एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सोमबार टुबोर्ग जेसिज विकास रनिङ सिल्ड राष्ट्रिय फुटबलको सेमिफाइनलमा पुगेको छ । 

एपीएफविरुद्ध आर्मीको जित

झापा–११ सँग कठिन जित पाएको एपीएफले आमीसँगको खेल १–० ले गुमाएको थियो । दुवै विभागीय टिमको प्रतिस्पर्धा मध्यान्तरसम्म गोलरहित बन्यो । मध्यान्तरलगत्तै आर्मीका लागि सन्तोष तामाङले गोल गरे । कप्तान भरत खवासलाई एपीएफका खेलाडीले लडाएपछि प्राप्त फ्रिकिक अवसरमा दर्शनीय गोल गरेका थिए । पेनाल्टी ा नजिकैबाट सन्तोषले हानेको बल सिधै एपीएफको पोष्टमा छिरेको थियो । जुन गोल खेलको निर्णायक बन्यो ।


एपीएफले पनि मौका नपाएको हैन । गोल खाएपछि तत्कालै एपीएफले फ्रिकिक पाएको थियो । बक्स नजिकै एपीएफका सन्तोष श्रेष्ठले प्रहार आर्मीका गोलरक्षक विकेश कुथुको हातमा पुगेको थियो । मध्यान्तरअघि पनि एउटा राम्रो अवसर गुमायो ।


नारायणगढस्थित क्याम्पाचौरमा जारी प्रतियोगितामा मंगलबार जावलाखेल युथ र संकटा क्लब अन्तिम क्वाटरफाइनलमा भिड्दैछन् । संकटा १२ औं विकास रनिङ सिल्डको विजेता पनि हो ।

प्रकाशित : कार्तिक ५, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?