कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीगण्डकीलाई उपाधि

कान्तिपुर संवाददाता

पाल्पा — तेस्रो मण्डली कप अन्तरपालिकास्तरीय खुला भलिबलको उपाधि स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जितेको छ । पूर्वखोला गाउँपालिका–१, सिलुवामा सम्पन्न फाइनलमा कालीगण्डकीले पाल्पाको निस्दी गाउँपालिकालाई २५–१७, २७–२५, २९–२७ ले सोझो सेटमा हरायो । 

तेस्रो स्थानमा तनहुँको घिरिङ गाउँपालिकाले पाल्पाको पूर्वखोला गाउँपालिकालाई २५–२०, २५–१८, १६–२५, २२–१५, १५–१३ को सेटमा हराएको हो । पहिलो चार स्थानका विजेताले क्रमश: ६०, ४०, २० र १० हजार रुपैयाँ पुरस्कार पाए । पाल्पा, स्याङ्जा र तनहुँका १२ स्थानीय तहका टिमले भाग लिएका थिए । मण्डली स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट सेटरमा शरण राना, ब्लकरमा दिल थापा र उत्कृष्ट खेलाडीमा सोम पाण्डे पुरस्कृत भए । सबै कालीगण्डकीका हुन् । स्पाइकरमा निस्दीका विजय परियार उत्कृष्ट भए ।


प्रकाशित : कार्तिक ५, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?