कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धिमाल कप फुटबल हुने

कान्तिपुर संवाददाता

बिर्तामोड — प्रथम धिमाल राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक ३० देखि मंसिर ५ सम्म हुने भएको छ । धिमाल सेवा समाजको आयोजनामा हुने प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

समाजका अध्यक्ष मानबहादुर धिमालले झापा, मोरङ र भारतमा बसोबास गर्ने धिमाल जातिका युवासम्मिलित ९ टिमले भाग लिने बताए । मोरङको बेलबारी, पथरी, उर्लाबारी र कानेपोखरी तथा झापाको दमक, बिर्तामोड, मेचीनगर र आयोजक तथा दार्जिलिङ जिल्लाको नक्सालबारी टिम सहभागी हुनेछ ।


प्रतियोगिताका लागि २१ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको अध्यक्ष धिमालले बताए । उनका अनुसार विजेता र उपविजेताको नगद पुरस्कार तय भइसकेको छैन । धिमाल जातिका युवालाई खेलकुदको माध्यमबाट अगाडि बढाउन प्रतियोगिता गर्न लागेको धिमाल जाति विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमालले बताए ।


धिमाल जातिबाट विजय धिमाल, रजिन धिमाललगायत युवा नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आएकाले फुटबलमा पनि भविष्य बनाउन यस प्रतियोगिताले ठूलो सहयोग पुर्‍याउने केन्द्रका महासचिव केदार धिमालले विश्वास व्यक्त गरे ।

प्रकाशित : कार्तिक ४, २०७६ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?