कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जावलाखेल क्वार्टरमा

रमेशकुमार पौडेल

(चितवन) — भारत दार्जिलिङको युनाइटेड फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरी ‘ए’ डिभिजन टोली जावलाखेल युथ क्लब टुबोर्ग जेसिज विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । 

जावलाखेल क्वार्टरमा

नारायणगढ क्याम्पाचौरमा आइतबार सम्पन्न खेलमा मध्यान्तरअघि दुवै टिमले गोल गर्न सकेनन् । मध्यान्तरपछि जावलाखेलले अग्रता बनाएको थियो । ६२ औं मिनेटमा सुजित बुढाथोकीको पासमा शक्ति राईले पहिलो गोल गरे । त्यसपछि खेलमा जावलाखेल आक्रामक बनेको थियो । जावलाखेलका लागि दोस्रो गोल सुजित बुढाथोकीले गरे ।


२–० ले पछि परेको युनाइटेड एफसी दार्जिलिङका लागि शुभम क्षत्रीले ८३ औं मिनेटमा गोल गरे । जावलाखेलका लागि तेस्रो गोल इन्जुरी समयमा सुजितले नै गरे । दुई गोल र एक असिस्ट गरेका सुजितले म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ पुरस्कार पाए । सेमिफाइनल प्रवेशका लागि अब जावलाखेलले अर्को ‘ए’ डिभिजन क्लब संकटाको सामना गर्नेछ ।


प्रतियोगितामा पाँचौं दिन सोमबार नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । आर्मी बाई पाएको टिम हो भने विकास रनिङ सिल्डको साविक विजेता एपीएफ यसपटक झापा–११ लाई पराजित गर्दै अघि बढेको टिम हो ।


नारायणगढ जेसिजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फुटबल संघ सहआयोजक रहेको छ । प्रतियोगिताका् उपाधि विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ तथा उपविजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रकाशित : कार्तिक ४, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?