कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालाभैरव रेसमा राष्ट्रिय धावकको बर्चस्व 

प्रताप रानामगर

दमौली — तनहुँको म्याग्देमा महिला र पुरुष कालाभैरव ट्रयाल रेस प्रतियोगितामा राष्ट्रिय धावकको वर्चस्व रह्यो । राष्ट्रिय धावक प्युठानकी १९ वर्षीया हुमी बुढामगर प्रथम भइन् । ५८ मिनेट ५५ सेकेण्डमा १२ किमि दूरी पार गरिन् । उनी यसअघि हङकङ र जापान आयोजित खुल्ला महिला दौड प्रतियोगितामा प्रथम भएकी थिइन् ।

कालाभैरव रेसमा राष्ट्रिय धावकको बर्चस्व 

पुरुषतर्फ डोटीका ३० वर्षीय नविन साउद प्रथम भए । उनले सोही दूरी ४५ मिनेट ३० सेकेण्डमा पार गरे । दुवै जनाले नगद २०/२० हजार रुपैयाँसहित शिल्ड पाए


खोटाङकी १९ वर्षीया राष्ट्रिय धावक प्रिया राई द्वितीय भइन् । उनले १ घण्टा १ मिनेट ५५ सेकेन्डमा सोही दूरी पार गरिन् भने पुरुषतर्फ बाग्लुङ घर भारतीय सेनामा कार्यरत २५ वर्षीय चन्द्र घर्ती दोस्रो भए । उनले ४८ मिनेट ३५ सेकेन्डमा उक्त दूरी पार गरेका थिए ।


हेटौंडाकी १९ वर्षीया जुनेली सुनार र काठमाडौंका शिवबहादुर राइमाझीले तेस्रो भए । सुनारले १ घन्टा ३ मिनेट ५ सेकेन्ड र रायमाझीले ४८ मिनेट ५५ सेकेन्डमा उक्त दूरी पार गरेका थिए । दोस्रो हुने धावकले नगद १५/१५ हजार रुपैयाँ र तेस्रो हुने धावकले नगद १०/१० हजार रुपैयाँसहित शिल्ड र मेडल पुरस्कार प्राप्त गरे । विजयी धावकलाई गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पुरस्कार वितरण गरेकी थिइन् ।

प्रतियोगितामा तनहुँ, कास्की, लमजुङ, गोरखा, काठमाडौं, डोटी, खोटाङ लगायतका जिल्लाबाट धावकहरुको सहभागिता थियो । म्याग्दे ५ को पर्यटकीय स्थललाई प्रचारप्रसार गर्नका लागि महिला तथा पुरुष कालाभैरव रेस प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक गंगा थापाले बताए । म्याग्देको धाँयरेबाट सुरु भएको रेस किलचोक, डढुवा, गैह्रा, हटियाँ हुँदै मूलाबारीको कालाभैरव मन्दिरमा टुंगिएको थियो ।

प्रकाशित : कार्तिक २, २०७६ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?