कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्दीपले टी–१० लिग खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली लेगस्पिनर सन्दीप लामिछाने ‘अबुधाबी टी–१० लिग’ मा कर्नाटक टस्कर्सबाट खेल्ने भएका छन् । उनलाई बुधबार भएको ‘प्लेयर ड्राफ्ट’बाट कर्नाटकले लिएको हो ।

सन्दीपले टी–१० लिग खेल्ने

कर्नाटकले १०–१० ओभरको इनिङ्सको प्रतियोगिताका लागि सन्दीपलाई ‘क्याटगोरी ए’ बाट पहिलो खेलाडीकै रूपमा ४५ हजार अमेरिकी डलरमा लिएको हो । उनको टिमले आइकोनिक प्लेयरको रुपमा दक्षिण अफ्रिकी लिजेन्ड हासिम अमलालाई अनुबन्ध गर्‍यो । सन्दीपले गत वर्ष शारजहाँमा भएको दोस्रो संस्करणको टी–१० लिग केरला किंग्सबाट खेलेका थिए ।


इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई वर्षअघि दिल्ली क्यापिटल्सले लिएपछि चर्चामा आएका सन्दीपले विश्व क्रिकेटमा चर्चित फ्रेन्चाइज टिमका प्रतियोगिताहरू अस्ट्रेलियाको विग बाससँगै बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, ग्लोबल टी–२० क्यानडा र अफगानिस्तान सुपर लिग खेलिसकेका छन् । विश्वकप विजेता इंग्ल्यान्डका कप्तान इयान मोर्गन, आदिल रशिद, मोइन अलीसहित चर्चित क्रिकेटरहरू पाकिस्तानका शहिद अफ्रिदी, मोहम्मद आमिर, मोहम्मद हाफिज, सोएब मल्लिक, अस्ट्रेलियाका क्रिस लिन, जेम्स फाल्कनर, वेस्ट इन्डिजका डारेन सामी, किरोन पोलार्ड, श्रीलंकाका लासिथ मालिङ्गाले पनि अबुधावी टी–१० लिग खेल्दैछन् ।


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यताप्राप्त यस टी–१० लिग यसपालि नोभम्बर १५ देखि २४ सम्म अबुधाबीस्थित शेख जायद इन्टरनेसनल क्रिकेट रंगशालामा सञ्चालन हुनेछ । कर्नाटक टस्कर्स, दिल्ली बुल्स, डेक्कन ग्लाडिएटर्स, लाहोर कालन्धर्स, नर्थन वारियर्स, मराठा अरबियन्स, बंगला टाइगर्ससँगै नयाँ अबुधावी गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : कार्तिक १, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?