कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमल प्लेइङ ११ मा

विनोद पाण्डे

अम्मन, जोर्डन — नेपालले जोर्डनसँगको विश्वकप छनोट खेलका लागि विमल घर्तिमगरलाई प्लेइङ ११ मा राखेको छ । खेल अहिले नेपाली समय अनुसार राति ९.४५ मा जोर्डनको अम्मन अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुनेछ ।

विमल प्लेइङ ११ मा

विमललाई अस्ट्रेलियासँगको खेलमा पहिलो रोजाईमा राखिएको थिएन । उनी दोस्रो हाफमा मात्र मैदानमा आएका थिए । विमललाई अभिषेक रिजालको स्थानमा ल्याइएको छ ।


विमलसँगै नेपाली टोलीमा सन्तोष तामाङ र सुमन अर्याललाई राखिएको छ । मिडफिल्डर सन्तोषलाई घाइते विशाल राई र सुमनलाई रञ्जित धिमालको स्थानमा ल्याइएको छ । नेपाल ४-५-१ को रणनिति अनुसार खेल्ने छ ।


नेपाल अस्ट्रेलियासँग विश्वकप छनोटको पछिल्लो खेलमा ५-० ले पराजित भएको थियो । जोर्डनले कुवेतसँग भने गोलरहित बराबरी नतिजा मात्र निकाल्न सकेको थियो ।


नेपाल पछिल्लो पटक अम्मन आउँदा २०११ मा विश्वकप छनोटमा जोर्डनसँग ९-० ले पराजित भएको थियो ।


नेपाली टोली : किरण चेम्जोड (कप्तान, गोलरक्षक), अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, देवेन्द्र तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, रोहित चन्द, सन्तोष तामाङ, रविशंकर पासवान, विमल घर्तिमगर ।

प्रकाशित : आश्विन २८, २०७६ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?