कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूपन्देही र मणिग्राम विजयी

सन्जु पौडेल

(रूपन्देही) — तेस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेटमा सोमबार रूपन्देही पल्टन्सले लुम्बिनी शाक्यनलाई ५६ रनले पराजित गरेको थियो । टस जितेर ब्याटिङ रोजेको रूपन्देहीले निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ९६ रन बनायो ।

रूपन्देही र मणिग्राम विजयी

विराट भण्डारीले ६२ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ६४ रन बनाए । राष्ट्रिय खेलाडी दीपेन्द्रसिंह ऐरीले अविजित ४९ रन जोडे । उनले ६ छक्का र ४ चौका प्रहार गरे । कुशल भुर्तेललाई शरद भेषवाकरले आउट गरे भने आलोक पाण्डेले विपिन आचार्यलाई आउट गरेका थिए ।


जितका लागि १ सय ९७ रनको लक्ष्य पछ्याएको लुम्बिनी शाक्यन्सले १८.१ ओभरमा सबै विकेट गुमाउँदा १ सय ४० रनमात्र जोड्न सक्यो । लुम्बिनीबाट खेलेका राष्ट्रिय खेलाडी शरद भेषवाकरले ३२ बलमा ६० रनको योगदान गरे । उनले ५ छक्का र ४ चौका हानेका थिए । उनीबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न नसकेपछि शाक्यनले हार बेहोर्‍यो । रूपन्देही पल्टन्सका रबिन क्षेत्रीले ३ विकेट लिए । विजेताका विराट भण्डारी म्यान अफ द म्याच घोषित भए । पल्टन्सकै दीपेन्द्रसिंह ऐरी मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।


दिनको अर्को खेलमा मणिग्राम किंग्सले एक्सपर्ट रोयल शंकरनगरलाई ६७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मणिग्रामले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । कृष्ण भुसालले सर्वाधिक २९ रन बनाए । १ सय ३७ रन को लक्ष्य पछ्याएको शंकरनगरले १७.३ ओभरमा अलआउट हुँदा ६९ रनमात्र बनायो । शंकरनगरका लागि सुरज दराईले १३ रनको योगदान दिए । अन्य ब्याटसम्यानले रन बटुल्न सकेनन् । मणिग्रामका अनिल खरेलले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभर बलिङमा ११ रनमात्रै खर्चिए । कप्तान कृष्ण कार्की, दुर्गेश गुप्ता र अमरसिंह राउटेलाले २–२ विकेट लिए । मणिग्रामका अनिल खरेल म्यान अफ द म्याच घोषित भए भने मणिग्रामकै दुर्गेश गुप्ता मोस्ट भ्यालुएबल प्लेयर बने ।


मंगलबार तिनाउ टाइटन्स र पाल्पाली लिजेन्ड्स तथा लुम्बिनी शाक्यन्स र मणिग्राम किंग्सबीच प्रतिस्पर्धा हुने संयोजक दीपक भुर्तेलले जानकारी दिए ।

प्रकाशित : आश्विन २८, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?