कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटाली छनोट भयो

(एजेन्सी)

पेरिस — इटालीले शनिबार युरो २०२० मा छनोट यात्रा निश्चित गरेको छ । उसले आफ्नो समूह जे मा शतप्रतिशत जित कायम राख्दै ग्रिसलाई २–० ले हरायो । छनोटमा इटालीको यो लगातार सातौं जित हो ।

इटाली छनोट भयो

चेल्सीका मिडफिल्डर जोरजिन्होले पेनाल्टीबाट ६३ औं मिनेटमा पहिलो गोल गरे । त्यसयता युभेन्ट्सका फरवार्ड फेडरिको बेरनाडेसचीले ७८ औं मिनेटमा दोस्रो गोल थपे । छनोटका तीन खेल अगाडि नै २१ अंकसहित रोबर्टो मानचिनीको टिम छनोट भएको हो ।


चार पल्टको विश्व च्याम्पियन इटाल िसन् २०१८ को विश्वकपमा छनोट हुन असफल रहेको थियो । यसअघि जोसु किङ्गले ९४ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि नर्वेले तीन पल्टको च्याम्पियनलाई नाटकीय रूपमा १–१ को बराबरीमा रोकेको छ ।


यो नतिजापछि स्पेनले छनोट निश्चित गर्न अझै कुर्नु पर्नेछ ।

प्रकाशित : आश्विन २६, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?