कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करणको उत्कृष्ट प्रदर्शनसँगै नेपालको दोस्रो जित 

कान्तिपुर संवाददाता

काठमाडौँ — करण केसीको अलराउन्ड प्रदर्शनको मद्दतले नेपालले पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा सोमबार नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । 

करणको उत्कृष्ट प्रदर्शनसँगै नेपालको दोस्रो जित 

आइतबार नेपालले हङकङलाई हराएको थियो । यो जितले नेपाल उपाधीको पनि बलियो प्रत्यासी बनेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । त्यसमा म्याक्स ओ डोडले सर्व्धािक ४३ रन बनाए ।


नेपाली बलरमध्ये १७ रनमा चार विकेट लिए । यस्तै सन्दीप लामिछानेले पनि २० रनमा चार विकेट लिए । जवाफमा नेपालले एक बल बाँकी हुँदा छ विकेट गुमाएर १ सय ३४ रन बनायो ।


करण १४ बलमा ३१ रन जोडेर नटआउट रहे । नेपाललाई अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएकोमा करणको ब्याट्बाट त्यति रन निस्केको थियो ।


नेपालका लागि कप्तान पारस खड्काले ३३ र विनोद भण्डारीले २६ रनको ठोस योगदान दिए ।


प्रकाशित : आश्विन २०, २०७६ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?