लिभरपुलको शतप्रतिशत नतिजा कायम

(एजेन्सी)

लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार राति आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्यो । यसले एनफिल्डमा भएको खेलमा लेस्टरलाई २–१ ले हरायो ।

जेम्स मिल्नरले खेलको अन्तिम क्षणमा पेनाल्टीबाट निर्णायक गोल गरे । लिभरपुलको यो लगातार ओठौं जित हो । शनिबार रातिको अर्को खेलमा वेस्ट ह्याम घरमा क्रिस्टल प्यालेसको हातबाट २–१ ले पराजित रह्यो ।

यसअघि टोटनहमको खराव लय कायम रह्यो र उसलाई ब्राइटनले ३–० ले स्तब्ध पारेको थियो ।

प्रकाशित : आश्विन १९, २०७६ ०७:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रियलका लागि हेजार्डको गोल

(एजेन्सी)

म्याड्रिड — एडेन हेजार्डले क्लबका लागि गरेको पहिलो गोल मदतले रियल म्याड्रिडले शनिबार राति स्पेनी ला लिगामा ग्रेनेडालाई ४–२ ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा रह्यो ।

चेल्सीबाट आएयता हेजार्डले पहिलो हाफको अन्त्यतिर गोल गरे । यो जितपछि रियलको ८ खेलबाट १८ अंक भएको छ । पराजित ग्रेनेडा भने १४ अंकमा दोस्रो स्थानमा छ ।

प्रकाशित : आश्विन १९, २०७६ ०७:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT