कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्रवालको दोहोरो शतक

एएफपी

विशाखापट्टनम — ओपनिङ ब्याट्सम्यान मायंक अग्रवालले बिहीबार दोहोरो शतक पूरा गरेपछि भारतले पहिलो टेस्टमा दक्षिण अफ्रिकी बलरहरूलाई आच्छुआच्छु बनाएका छन् । अग्रवालको २ सय १५ रनमा भारतले पहिलो इनिङ्स ५०२–७ मा समाप्ति घोषणा गरेको छ ।

अग्रवालको दोहोरो शतक

दोस्रो दिनको खेल समाप्तिमै दक्षिण अफ्रिका दबाबमा आइसकेको छ । रविचन्द्रन अश्विनको नेतृत्वमा रहेको भारतीय टोलीले दक्षिण अफ्रिकालाई ३९–३ को स्थितिमा ल्याइदिएको छ । अश्विनले आइडेन माक्रमलाई ५ रनमा बोल्ड गरे भने थेउनिस डी ब्रुयनलाई ४ रनमा विकेटपछाडि क्याच गराए । नाइट वाचम्यान डेन पिइडटलाई रवीन्द्र जडेजाले शून्यमा बोल्ड गरे । ओपनर डिन एल्गर २७ र टेम्बा बाभुमा २ रन बनाई क्रिजमा छन् । दक्षिण अफ्रिकालाई फलोअनबाट जोगिन अझै २ सय ६४ रन खाँचो छ ।


२८ वर्षे अग्रवालले रोहित शर्मासँग पहिलो विकेटमा ३ सय १७ रनको कीर्तिमानी साझेदारी गर्दै भारतको वर्चस्व सुरुआत गरेका थिए । उनले ३ सय ७१ बलको इनिङ्समा ६ छक्का र २३ चौका प्रहार गरे । पाँचौं टेस्ट खेलिरहेका उनले रिभर्स स्विपको

राम्रो उपयोग गरेका थिए ।


‘हामीले जसरी पहिलो इनिङ्समा खेल्यौं त्यसमा हामी धेरै खुसी छौं, तर यसमा पूर्ण सन्तुष्ट हुने ठाउँ छैन,’ अग्रवालले पत्रकार सम्मेलनमा भने, ‘हामीले अहिलेको स्थितिमा माथि छौं र त्यसलाई ढुक्क बनाउन दक्षिण अफ्रिकामाथि दबाब बढाउनुपर्छ । रोहितसँगै ब्याटिङ गर्नु ठूलो हो । हामीले यत्रो साझेदारी गर्यौ, ३ सय रनको साझेदारी गरेका अनुभव निकै राम्रो रह्यो ।’


उनी कामचलाउ स्पिनर एल्गरको बलमा आउट भए । पेभेलियन फर्कनेक्रममा उनीसँग दक्षिण अफ्रिकी खेलाडीहरूले हात मिलाएका थिए । लामो समय दौडिरहने भएर आफूले म्याराथन इनिङ्स खेल्न सकेको अग्रवालले जनाए । रोहित १ सय ७६ रन बनाई भोजनअघि केशव महाराजको बलमा आउट भए । १ सय १५ रनको व्यक्तिगत स्कोरबाट दिनको खेल सुरु गरेका उनले मैदानको चारैतिर बाउन्ड्री प्रहार गरे ।


त्यसपछि चेतेश्वर पुजारा ६ र कप्तान विराट कोहली २० रनमै आउट भए । दोस्रो सत्रको पहिलो बलमै तीव्र गतिका बलर भेर्नोन फिलान्डरले पुजारालाई आउट गरे । पहिलो टेस्ट खेलिरहेका सेनुरान माथुसामीले कोहलीलाई आफ्नै बलमा क्याच लिए ।


भारतलाई विशाल स्कोरमा उभ्याउनेक्रममा जडेजाले अविजित रिद्धिमान शाहले २१ रन बनाए । महाराजले ५५ रन खर्चेर ३ विकेट लिए । उनले आफूले कठिन कन्डिसनमा बलिङ गरेको जनाए । तर भारतले बलिङ गर्न सुरु गरेसँगै पिचमा टर्न भइरहेको थियो ।

प्रकाशित : आश्विन १७, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?