कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टर र आर्सनलको बराबरी

एएफपी

म्यानचेस्टर — पिएरे एमरिक अबामयाङले दोस्रो हाफमा गरेको गोल मदतले आर्सनलले सोमबार राति इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्रायफोर्डमा १–१ को बराबरीमा रोकेको छ ।

अबामयाङको गोल भारले निश्चित भएको थियो र यससँगै म्यानचेस्टर निकै आवश्यक बनेको जितबाट वञ्चित रहेको थियो । म्यानचेस्टरले स्कट म्याकटोमीनीको गोलले पहिलो हाफमा अग्रता लिएको थियो ।


म्यानचेस्टरले प्रिमियर लिगका पछिल्ला १२ खेलमध्ये दुईमा मात्र जित निकाल्न सकेको छ । बराबरीपछि म्यानचेस्टर सात चरणको खेल समाप्तीमा शीर्ष स्थानमा रहेको लिभरपुलसँग १२ अंकको दूरीमा रह्यो ।

प्रकाशित : आश्विन १४, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?