कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

गल्फ खेलाडी सांघाईतिर

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको गल्फ खेलाडीले चीन र थाइल्यान्डमा हुने प्रतियोगितामा भाग लिने भएका छन् । बन्द प्रशिक्षणमा रहेका ५ मध्ये ३ खेलाडीले असोज ९ देखि १२ सम्म चीनको सांघाईमा हुने एसियन एमेच्योर गल्फमा सहभागिता जनाउने छन् । उनीहरूसहित अन्य दुई खेलाडीले असोज १४ देखि १७ सम्म हुने ८५ औं थाई एमेच्योर ओपन च्याम्पियनसिपमा सहभागी हुनेछन् ।

गल्फ खेलाडी सांघाईतिर

चीनमा हुने प्रतियोगिताका लागि तीन खेलाडी सुवास तामाङ, शुक्रबहादुर राई र टंकबहादुर कार्की आइतबार त्यसतर्फ जाँदै छन् । शनिबार राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवाल, गल्फ संघका अध्यक्ष टासी घलेलगायतले टोलीलाई बिदाइ गरे ।


अध्यक्ष घलेका अनुसार विश्व वरीयताका कारण तीन खेलाडीले सहभागिताको अवसर पाएका हुन् । वरीयतामा सुवास ७४१, शुक्र ७७९ र टंक १२६४ औं स्थानमा छन् । ‘एसियन च्याम्पियनसिपको विजेताले युएस ओपन र उपविजेताले ब्रिटिस ओपन खेल्नेछन्, यो प्रतियोगिता हाम्रा खेलाडीका लागि धेरै कुरा सिक्ने अवसर पनि हो,’ अध्यक्ष घलेले भने । एसियन एमेच्योरपछि तीन खेलाडी उतैबाट थाइल्यान्ड जानेछन् । बैंककस्थित पान्यइन्द्र गल्फ क्लबमा हुने प्रतियोगितामा उनीहरूसहित राहुल बिक र नीरज तामाङको पनि सहभागिता रहनेछ । सागको तयारी क्याम्पमा धन थापा र दीपक थापाले प्रशिक्षण गराइरहेका छन् । चीन र थाइल्यान्ड भ्रमणमा प्रशिक्षक भने सहभागी हुने छैनन् ।


सदस्य–सचिव सिलवालले गल्फ पदकको आशा गरिएको खेल भएकाले अन्तर्राष्ट्रिय सहभागिताबाट आसन्न १३ औं सागमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग पुग्ने अपेक्षा गरे । उनले गल्फ कोर्स निर्माणका लागि जग्गाको व्यवस्था भए राखेपबाट आफूले पहल गर्ने आश्वासन पनि दिए ।


प्रकाशित : आश्विन ५, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?