कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरान क्लब क्वाटरफाइनलमा

विराटनगर — डाँगीहाट युथ क्लबको आयोजनामा शनिबार तेस्रो लक्ष्मीमार्ग आमन्त्रण गोल्डकप फुटबल प्रतिोयोगिता मोरङको लक्ष्मी खेल मैदानमा सुरु भएको छ । उद्घाटन खेलमा धरान फुटबल क्लबले आयोजकलाई टाइब्रेकरमा ४–३ ले हराएर क्वाटरफाइनल तय गर्‍यो । अब धरानले मदन भण्डारी ऐकेडेमी काठमाडौं र गोर्खा ब्वाइज बुटवलको विजेतासँग सेमिफाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ । 

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेल खेलेपछि टाइब्रेकरबाट विजेता टुंगो लगाउँदा धरानले बाजी मारेको हो । धरानको तर्फबाट विष्णु सुनार, मनोज राई, बुद्ध चेम्जोङ र वर्तमान राईको प्रहार गोलमा परिणत हुँदा मनीष गुरुङको प्रहार पोलमा लागेर फर्किएको थियो । आयोजकका विक्रम लिम्बु, अनुज मगर र राईमान राईको प्रहार गोलमा परिणत हुँदा सुनील खड्काको प्रहार धरानका गोलकिपर लक्की कार्कीले बचाएर विजय आधार तयार गरे ।

आयोजकका मिलन राईको अन्तिम प्रहार पोलमा लागेर फर्कंदा टिम घर फकर्नुपरेको थियो । म्यान अफ द म्याच धरानका गोलकिपर लक्की भए । उनले ५ हजार पाए । आठ टिमको सहभागिता रहेको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने क्लवका अध्यक्ष बिक्री वान्तवा राईले वताए । आइतबार झापा ११ र सशस्त्र प्रहरीको एपीएफबीच खेल हुनेछ ।

प्रकाशित : आश्विन ५, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?