कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेक्सस र ग्रेटर हिमालयन विजयी

काठमाडौँ — आयोजक नेक्सस क्रिकेट एकेडेमीले यू–१९ ट्वान्टी–२० एकेडेमी क्रिकेट लिगको पहिलो दिन हिमालय क्रिकेट एकेडेमीलाई १० र ग्रेटर हिमालयन क्रिकेट एकेडेमीले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ५ रनले पराजित गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा मुलपानी क्रिकेट मैदानमा शनिबार सुरु स्पर्धामा टस हारेर ब्याटिङ गरेको नेक्ससले निर्धारित १५ ओभरमा ५ विकेट गुमाई १ सय ४५ रन बनायो । लोकेश बमले ३६ बलमा ४ छक्का र ६ चौकासहित ६७, कप्तान हिमांशु शाहीले २० बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४६ र दीपक तितुङले २ छक्का मदतमा १५ रन बनाए । हिमालयनका सन्दीप खड्काले ३, खडक बोहराले २ र गजेन्द्र बोहराले १ विकेट लिए ।


हिमालयनले ६ विकेट गुमाएर १ सय ३५ रनमात्र बनाउन सक्यो । दीपक बोहराले २२ बलमा ७ छक्कासहित ५४, दीपेन्द्र बोहराले ४० बलमा ४ छक्का २ चौकासहित ५२ रन बनाए । नेक्ससका आकाश चन्दले २ तथा क्रिस कार्की र सुवास बिकले १–१ विकेट लिए । म्यान अफ द म्याच आकाश चन्द भए ।


दोस्रो खेलमा टस जितेको ग्रेटर हिमालयन १९.५ ओभरमा १ सय ५ रनमा अलआउट भयो । प्रवेश खड्काले ३२, विवेक यादवले २५ र विशाल खत्रीले १७ रन बनाए । केसीटीसीका हेमन्त धामी, सूर्या तामाङ र तिलक भण्डारीले २–२, अर्जुन गिरी र विपिन आचार्यले १–१ विकेट लिए । अर्जुन गिरीले २९ र विपिन आचार्यले १९ रन बनाए पनि केसीटीसीलाई जिताउन सकेनन् । म्यान अफ द म्याच ग्रेटरका विवेकसहित विज्ञानराज गौतमले ३–३, सोनु देवकोटाले २ र अभिषेक बस्नेतले १ विकेट लिए ।


प्रकाशित : आश्विन ५, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?