कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याम्पियन्स लिग फुटबल : लिभरपुल र चेल्सीको हार

(एएफपी)

पेरिस — साबिक विजेता लिभरपुलले युरोपेली च्याम्पियन्स लिग फुटबलमा मंगलबार नेपोलीविरुद्धको हारसँगै उपाधि रक्षाको अभियान सुरु गरेको छ । पेनाल्टीकै कारण चेल्सी पनि अर्को खेलमा भ्यालेन्सियासँग पराजित रह्यो । पेनाल्टीकै अवसर गुमेपछि बार्सिलोना भने बराबरीमा रोकियो । गत सिजन पनि लिग चरणमा नेपोलीसँग १–० ले हारेर छैटौंपल्ट उपाधि जितेको लिभरपुल यसपालि भने नेपल्सस्थित सान पाउलोमा भएको खेलमा २–० ले पराजित रह्यो । 

च्याम्पियन्स लिग फुटबल : लिभरपुल र चेल्सीको हार

साबिक विजेता प्रतियोगिताको सुरुआती खेलमै पराजित रहेको यो सन् १९९४ यता पहिलोपल्ट हो । त्यति बेला एसी मिलान यस्तो स्थितिबाट गुज्रेको थियो । समूह ‘ई’ को खेलमा ड्रिस मर्टेन्सले पेनाल्टीबाट गोल गरेयता टोटेनहमका पूर्व खेलाडी फर्नान्डो लोरेन्टले भर्जिल भान डाइकको दुर्भल भूलमा फाइदा उठाउँदै दोस्रो गोल थपे । नेपोलीले पाएको पेनाल्टीमा लिभरपुलको भने गुनासो रह्यो । प्रशिक्षक योगर्न क्लोपले भने, ‘त्यो पेनाल्टी दिनुपर्ने स्थिति नै थिएन ।’


लिभरपुलले दुई सातापछि अस्ट्रियाको साल्सबर्गको आतिथ्यता गर्नेछ । साल्सबर्गले भने किशोर खेलाडी एर्लिङ ब्रट हाल्यान्डको ह्याट्रिक मदतले जेन्कलाई ६–२ ले पराजित गर्‍यो । ब्रट इंग्ल्यान्डमा जन्मेका नर्वेली खेलाडी हुन् । च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने उनी तेस्रो युवा खेलाडी भएका छन् । उनी १९ वर्षका भए । उनले जारी सिजन सार्ल्सबर्गका लागि नवौं सहभागितामा १७ गोल गरिसकेका छन् । यसअघि युवा खेलाडीको रूपमा रियल म्याड्रिडका राउल (१८ वर्ष ११३ दिन) र म्यानचेस्टर युनाइटेडका वायने रोनी (१८ वर्ष ३४० दिन) ले च्याम्पियन्स लिगमा ह्याट्रिक गरेका थिए ।


गत वर्षको युरोपा लिग विजेता चेल्सी भने घरमै भ्यालेन्सियासँग १–० ले पराजित भयो । भ्यालेन्सियाका रोड्रिगो मोरेनोले निर्णायक गोल गरे । चेल्सीका रस बाकर्लीले भने ८७ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन् । ‘च्याम्पियन्स लिगमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न सकिन्न भने हार हुन्छ, यो निकै पीडादायी शिक्षाका रूपमा अगाडि आएको छ,’ चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले भने । समूह ‘एच’ मा गत वर्ष सेमिफाइनल खेलेका अयाक्सले घरमा लिलेलाई ३–० ले हरायो । बार्सिलोना भने बोरुसिया डर्टमन्ड भ्रमणबाट एक अंक बटुल्न सफल रह्यो । आफ्नै मैदडर्टमन्ड पेनाल्टीमा गोल गर्न असफल भएपछि यो खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

यस्तै समूह ‘एफ’ मा इन्ज्युरी समयमा निकोलो बारेलाले गरेको गोल मदतले इन्टर मिलानले स्लाभिया प्रागलाई १–१ को बराबरीमा रोक्यो । एक अंक बटुल्न भाग्यमानी रह्यो । नाइजेरियाली फरवार्ड पिटर आलायिन्काले गोल गर्दै प्रागलाई सुरुआती अग्रता लिएका थिए । समूह ‘जी’ मा आरबी लेपजिगले बेन्फिकालाई २–१ ले पराजित गर्‍यो । यसअघि लियोनले घरमा जेनिथ सेन्ट पिटर्सबर्गसँग १–१ को बराबरी खेलेको थियो ।

प्रकाशित : आश्विन २, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?