कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैत्रीपूर्ण भलिबल

गण्डकी — संविधान दिवसको अवसरमा बुधबार पोखरामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आयोजनामा भएको खेलमा मन्त्री, सांसद, पत्रकार, व्यवसायीलगायतको सहभागिता थियो । विभिन्न ५ टिम मैदानमा उत्रिएका थिए ।

मैत्रीपूर्ण भलिबल

पहिलो खेलमा मन्त्री र सांसदको टिम निजामती कर्मचारीसँग २–१ को सेटमा पराजित भयो । मुख्यमन्त्रीबाट मन्त्रीहरू किरण गुरुङ, हरिबहादुर चुमान, रामशरण बस्नेत, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली, सांसद मोहन रेग्मी, राजीव पहारी, चन्द्र बुढा र मीनप्रसाद गुरुङलगायत सहभागी थिए ।


कर्मचारीको तर्फबाट प्रमुख चिव हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे, मुख्यमन्त्री कार्यलयाका उपसचिव डिल्लीराम सिग्देललगायत थिए ।


दोस्रो खेलमा पश्चिमाञ्चल खेलकुद संघ र उद्योग वाणिज्य संघको टोलीले प्रतिस्पर्धा गरेकोमा व्यवसायीको टोली २–० को सोझो सेटमा पराजित भयो । तेस्रो खेलमा पत्रकारको टिमलाई कर्मचारीले २–० को सोझो सेटमा हरायो । फाइनलमा कर्मचारी र पश्चिमाञ्चल खेलकुद संघको टिम बिहीबार भिड्ने छन् ।

प्रकाशित : आश्विन १, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?