कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेभिया शीर्षस्थानमा

एएफपी

म्याड्रिड — सेभिया आइतबार स्पेनिस ला लिगामा अल्भेसलाई १–० ले हराएर शीर्षस्थानमा उक्लिएको छ । जोन जोर्डनले फ्रि–किकबाट गरेको उत्कृष्ट गोल मदतले सेभिया जित निकाल्न सफल रह्यो । जुलेन लोपेटेगुईको टिम लिगमा उत्कृष्ट सुरुआत लिने क्रममा अहिलेसम्म अपराजित छ । 

सेभिया शीर्षस्थानमा

सेभियाको ४ खेलबाट १० अंक भएको छ । यो दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको भन्दा १ अंक बढी हो । अर्को साता सेभियाले रियल म्याड्रिडको सामना गर्नेछ । त्यो टिमको वास्तविक परीक्षा हुनेछ । दिनको अन्य खेलमा ग्रेनेडाले सेल्टाभिगोलाई २–० ले पराजित गर्‍यो ।


इंग्ल्यान्ड

लन्डन– व्यवस्थापकका रूपमा सान्चेज फ्लोरेजको वाटफोर्ड फर्काइ आइतबार राति सुखद रह्यो । वाटफोर्डको घरेलु मैदान भिकारेज रोडमा भएको इंग्लिस प्रिमियर लिग खेलमा आर्सनलले दुई गोलको अग्रता लिएर पनि अन्त्यमा २–२ को बराबरीमा रोकियो ।


पहिलो हाफमा पिएरे एमरिक अबामेयाङले दुई गोल गरेपछि आर्सनल आरामदायी जितसँगै तीन अंक बटुल्ने स्थितिमा पुगेको थियो । तर गत साता मात्र दोस्रोपल्ट टिममा फर्केका फ्लोरेसले आफ्नो टिमलाई खेलमा फर्कन प्रेरित गरे । सुरुआती ४ खेलबाट १ अंकमात्र बटुलेपछि वाटफोर्डले प्रशिक्षक जाभी गार्सियालाई बर्खास्त गरेको थियो ।उनको स्थानमा फ्लोरेस आएका हुन् । बराबरीका लागि आर्सनलको दोस्रो हाफमा कमजोर प्रदर्शन पनि उत्तिकै जिम्मेवार रह्यो ।


इटालियन लिगमा गोल गरेपछि लाजियोका सिरो इमोबाइल । तस्बिर : एपी


टम क्लेभरलीले वाटफोर्डका लागि पहिलो गोल गरेयता रोबर्टो परेराले पेनाल्टीबाट दोस्रो गोल थपे । टिम एक बहुमूल्य अंक जोड्न सफल रह्यो । आर्सनलका लागि यो नतिजाले शीर्ष चारमा रहने होडमा सुरुआती झट्का लागेको छ । यसअघि दिनको पहिलो खेलमा बर्नमाउथले एभरटनलाई ३–१ ले हरायो ।


इटाली

मिलान– इटालीको सिरी ‘ए’ मा आइतबार राति कमजोर सुरुआत लिएको एसी मिलानले भेरोनालाई १–० ले हरायो । त्यस जितमा पेइटकले पेनाल्टीबाट ६८ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि एएस रोमाले सासौलोलाई ४–२ ले हरायो । अर्को रोमन क्लब लाजियो भने स्पालसँग २–१ ले पराजित रह्यो ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?