कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिस्नु कप फुटबल : देशभक्तको जित

माधव ढुंगाना

भैरहवा — देशभक्त युवा क्लब नवलपरासी (बादरमुढे) ले १९ औं लिस्नु कप नकआउट फुटबलमा विजयी सुरुआत गरेको छ । तिलोत्तमा नगरको कोटिहवास्थित पशुपति उच्च माविको मैदानमा शनिबार उद्घाटन खेलमा साबिक विजेता नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ३–० ले पराजित गरेको हो ।

देशभक्तको जितमा कृपा चौधरीले छैटौं मिनेटमा गोल गरेका थिए । एक गोलले पछि परेको नवयुवाले १५ औं मिनेटमा अर्को गोल खायो । देशभक्तका नवीन महतोले दोस्रो गोल गरे । चन्दा चौधरीले अन्तिम समयमा गोल गर्दै देशभक्तको गोलअन्तर ३–० ले अगाडि बढाए । नवयुवाका कप्तान साहिल राना, उमेश थापा, झकबहादुर गुरुङ र अमन थापाले पहेँलो कार्ड पाएका थिए ।


म्यान अफ द म्याच कृपा चौधरी भए । उनले २५ सय रुपैयाँ पुरस्कार पाए । आइतबार फर्साटिकर फुटबल क्लब रूपन्देही र नवयुबा क्लब बर्दघाट नवलपरासीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रदेश ५ का रूपन्देही, नवलपरासी, कपिलबस्तु, दाङ तथा गण्डकी प्रदेशको स्याङजा र प्रदेश ३ को चितवन जिल्लाका गरी १२ क्लबको सहभागिता रहेको आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तीर्थराज मल्लले बताए । उद्घाटन पञ्चकन्या ग्रुपका निर्देशक उज्ज्वल श्रेष्ठले गरेका थिए ।


विजेताले ३ लाख ३ हजार ३ सय ३३ र उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनल पराजितले समान २५ हजार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार, सर्वाधिक गोलकर्ता ७ हजार र उत्कृष्ट गोलरक्षकले ७ हजार तथा उदीयमान खेलाडीले ५ हजार पुरस्कार पाउने छन् ।

प्रकाशित : भाद्र २२, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?