२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

माधव ढुंगाना

माधव ढुंगानाका लेखहरु :

सेवा प्रभावकारी बनाउन अस्पताल प्रशासनको ध्यानाकर्षण

बिरामीलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधा प्रभावकारी बनाउन ‘बिएमजी ग्रुप’ भैरहवाले आइतबार भीम अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ । भीम अस्पताल रुपन्देहीको जिल्ला अस्पताल हो ।

लुम्बिनीमा अनलाइन टिकटको शुभारम्भ

लुम्बिनीमा पर्यटकका लागि अनलाइन टिकट प्रणाली संचालनमा ल्याइएको छ । लुम्बिनी विकास कोषले शनिबारदेखि लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि अनलाइन टिकट प्रणाली संचालनमा ल्याएको हो ।

लुम्बिनीमा सडक खाना तथा साँस्कृतिक महोत्सव हुने

अंग्रेजी नयाँ बर्ष २०२४ को अवसर पारेर लुम्बिनीमा दसाैँ साँस्कृतिक तथा सडक खाना महोत्सवको आयोजना हुने भएको छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न लुम्बिनी होटल संघले आउँदो डिसेम्बर ३१ का दिन महोत्सव सञ्चालन गर्न लागेको हो ।

विद्युत् प्राधिकरणले लाइन काट्न थालेकोमा रुपन्देहीका २३ उद्योग सञ्चालकको विरोध

डेडिकेटेड र ट्रंकलाइन बक्यौता भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काट्न थालेपछि रुपन्देहीका २३ वटा उद्योगले विरोध जनाएका छन् । यस खालको विद्युत्‌को माग नै नगरिएको भन्दै उनीहरूले सरकारको यो कदम अन्यायपूर्ण र गैरकानुनी भएको बताएका छन् ।