रूपन्देही सुपर लिगः नेपथ्य तिलोत्तमा विजयी

जेआर क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै नेपथ्य तिलोत्तमा विजयी भएको हो ।

वैशाख २९, २०८३

माधव ढुंगाना

Rupandehi Super League: Nepathya Tilottama wins

भैरहवा — रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवा भएको ‘पञ्चकन्या रुपन्देही सुपर लिग’अन्तर्गत मंगलबारको खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लब विजयी भएको छ । जेआर क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै नेपथ्य विजयी भएको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरमा ४२ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १६९ रन बनायो । उसका लागि कृष्ण भुसालले ३४, प्रतीक भट्टराईले २५, अमन बोहराले २१, रोशन घिमिरेले १४, मौसम ढकाल र विकल अधिकारीले समान १०-१० रन बनाए ।

बलिङमा जेआरका कृष्ण पन्थी, खडक बोहरा र विनय जिसीले समान २-२ तथा विशाल भुसालले १ विकेट लिए । जवाफी ब्याटिङ गरेको जेआरले ४७ ओभरमा सबै विकेट गुमाएर १३९ रन मात्रै बनाएको थियो । उसका लागि राज खनालले ६०, विशाल भुसालले १५, रोजन कुमालले १४, गगन अधिकारीले १३ र अनमोल श्रीस थापाले ११ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

बलिङमा नेपथ्य तिलोत्तमाका मौसम ढकाल र कृष्ण भुसालले ३-३ तथा सन्दीप यादवले २ र आशुतोष पाण्डेले १ विकेट लिए । खेलमा कृष्ण भुसाल प्लेयर अफ द म्याच भई १ हजार २ सय रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत भए ।

माधव

Link copied successfully