कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्सको हिमाली दौडमा नेपाली

ददि सापकोटा

फ्रान्स — युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लालाई वरिपरिबाट फन्को मार्ने अन्तर्राष्ट्रिय दौड प्रतिस्पर्धामा नेपाली पनि सहभागी भएका छन् ।

फ्रान्सको हिमाली दौडमा नेपाली

युटीएमभी मो ब्ला अल्ट्रा रन भनिने १७१ किलोमिटर लामो यो दौडमा गोरखाका डिना बगालेले भाग लिने भएका हुन् । अल्ट्रा रनमा यो प्रतिस्पर्धा विश्वको सबैभन्दा ठूलो हो ।


शुक्रबार मो ब्ला हिमालको फ्रान्सतिर पर्ने मोहडाबाट सुरु भएको दौड इटाली र स्विटजरल्यान्ड हुँदै फेरि फ्रान्स आएर टुंगिएको हो । यो दौडमा विश्वका एक सयभन्दा बढी मुलुकका करिब १० हजार धावक थिए । त्यसमा बगाले नेपाली झण्डा बोकेर सहभागी भएका हुन् ।


लगातार ३० घण्टाभन्दा बढी दौडेर पहाड, समथर र पहरा हुँदै १० हजार मिटरको उचाइसम्म पुग्नुपर्ने भएकाले यो अल्ट्रा दौड चुनौतीपूर्ण मानिन्छ । विश्वका चर्चित धावक, व्यापारी, संघसंस्था र सञ्चारमाध्यमको ठूलो जमघट हुने र १० हजार मानिसबीचमा नेपाललाई चिनाउन पाइने भएकाले आफूले दौडमा नेपालको प्रतिनिधित्व गरेको बगालेले कान्तिपुरलाई बताए । यसअघि उनले गत वर्ष जापानको माउन्ट फुजीमा भएको दौडमा पनि नेपालको झण्डा फहराएका थिए ।

प्रकाशित : भाद्र १८, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?