कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याडमिन्टन इटहरीमा

विराटनगर — नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुनसरीको इटहरीमा हुने भएको छ । भदौ २४ देखि सुरु हुने प्रतियोगिताले राष्ट्रिय खेलाडीहरूको वरीयता निर्धारण गर्ने बताइएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ उच्च वरीयताका १६ र महिलातर्फ १२ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । वरीयताबाहेक पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगल इभेन्टका खेल खेलाइनेछ । छात्र र छात्राको यू १७ एकल र ४५ वर्षमाथिको पुरुष भेट्रान युगल गरी १० स्वर्ण पदका लागि १ सय ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।


पुरुषतर्फ उच्च १६ वरीयता र महिलातर्फ उच्च १२ वरीयतामा रहेका खेलाडीबीच एकल प्रतिस्पर्धा हुने आयोजक महासंघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । उच्च वरीयताका खेलाडीहरूले खुला प्रतिस्पर्धा गर्दा खेलको स्तरमा फितलो देखिने स्थिति रहेका कारण उच्च वरीयताका बीच मात्र एकल प्रतिस्पर्धा गराउने तयारी रहेको श्रेष्ठको भनाइ छ । उक्त वरीयताबाहेककाले पनि पुरुष तथा महिला एकलमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष तथा महिला जोडीमा सबैले प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।


अनुमानित ५ लाख ५८ हजार रुपैयाँ खर्च हुने प्रतियोगितामा उच्च वरीयताबीचको पुरुष तथा महिला एकलमा शीर्ष तीन विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष एकल तथा महिला एकल तथा युगलका विजयी शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । छात्र तथा छात्रा एकलका विजयी शीर्ष तीनले नगद १० हजार, ७ हजार र ४ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित : भाद्र ९, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?