कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्लास्तरीय खुल्ला ब्याडमिन्टनमा कुमार पुनको जोडी प्रथम

नारायण शर्मा

(नवलपरासी) — नवौं जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा कावासोतीका कुमार पुन र दिपेन्द्र ढकालको जोडी प्रथम भएको छ । भेट्रान्सतर्फ उनीहरुको जोडीले २, १ सेट अन्तरले कावासोतीकै विष्णु श्रेष्ठ र सुरवीर स्थापितलाई पराजित गरेको हो । 

जिल्लास्तरीय खुल्ला ब्याडमिन्टनमा कुमार पुनको जोडी प्रथम

भेँडाबारीमा भएको प्रतियोगतामा मेन्स डबलतर्फ कावासोतीका नवराज क्षत्री र सन्तोष श्रेष्ठ विजयी भए । उनीहरुको जोडीले भेँडाबारीका दया सापकोटा र बिकल राजभण्डारीको जोडीलाई सोझो सेटमा पराजित गर्‍यो । विजयी टिमले नगद ६ हजार शिल्ड र प्रमाणपत्र पाएका छन् ।


मेन्स डबल र भेट्रान्सलाई खेलाइएको नवलपुर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा ४९ टिमले प्रतिस्पर्धा गरेका थिए । जिल्ला ब्याडमिन्टन संघ र गैंडाकोट ब्याडमिन्टन क्लबको आयोजनामा भएको खेल भेडाबारी ब्याडमिन्टन क्लबमा आयोजना गरिएको थियो । प्रतियोगिताको गैंडाकोटका मेयर छत्रराज पौडेलले एक समारोहबीच उद्घाटन गरेका थिए । भेँडाबारीमा २ वटा कोर्ट रहेको सुविधासम्पन्न ब्याडमिन्टन हल छ ।


प्रकाशित : भाद्र ७, २०७६ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?