कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुवै विधामा इनोभेटिभ सफल

काठमाडौँ — इनोभेटिभले सातौं उपत्यकाव्यापी रेडियन्ट कप बास्केटबल प्रतियोगितामा बिहीबार सिनियर ब्वाइजमा ज्योति एकेडेमीलाई २९–१४ स्कोरले पराजित गरेको छ । 

दुवै विधामा इनोभेटिभ सफल

इनोभेटिभका श्रृजल अवालेले १७ स्कोर गरेका छन् । सिनियर गर्ल्समा इनोभेटिभले ग्यालेक्सीलाई १६–१० ले हराउँदा स्वच्छता थापाले ६ स्कोर जोडिन् ।


सिनियर ब्वाइजमै द एक्सेल्सियरले आयोजक रेडियन्ट ‘ए’ लाई ३१–३०, ग्रिनफिल्डले अद्वितीयलाई ३६–२७, जेनियमले एलआरआईलाई २९–२५ र डेनेबले विल्सन एकेडेमीलाई २१–१२ स्कोरले हराए ।


एक्सेल्सियरका सुशान्त डंगोलले १२, ग्रिनफिल्डका अमृत भट्टराईले १०, जेनिअमका दीपेश कार्कीले ११ र डेनेबका शम्भु ओझाले ६ स्कोर गरे । गर्ल्सतर्फ न्यु भिजनले एक्सेल्सियरलाई १३–५ र एलआरआईले रेडियन्टलाई १८–१२ ले हराए । भिजनकी आरती मगरले ७ र एलआरआईकी सन्जिला भण्डारीले ६ स्कोर जोडे ।


जुनियर ब्वाइजमा ग्रिनफिल्डले न्यु भिजनलाई ३०–२०, हिमालयले एलआरआईलाई २४–१२ र रेडियन्टले सेबलाई ३३–१७ ले पराजित गरे । ग्रिनफिल्डका महेश दाहालले १५, हिमालयका जेन लामाले १० र रेडियन्टका राज रोकाले १३ स्कोर जोडे ।

प्रकाशित : भाद्र ६, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?